२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


खानेपानी विषयको विवादले उग्र रुप लिएपछि एक युवकमाथि खुकुरी प्रहार


0
Shares

विवाद उग्ररुप लिएपछि भएको झडपमा कोटेली न्वाघरका ३७ वर्षिय शेरबहादुर साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

स्थानीय भीम बहादुर भूल र शेरबहादुर साउदबीच खानेपानीको विषयमा विवाद भएको थियो ।

विवादकै क्रममा भूलले खुकुरी प्रहार गरी घाईते भएका साउदको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

डडेल्धुरामा अमरगढी नगरपालिकासँग जोडिएको कोटली गाविसका धेरै वडाहरुमा खानेपानीको हाहाकार छ ।

११ वर्षदेखि त्यहाँ खानेपानी योजनाको विषयमा विवाद छ । चालु आर्थिक वर्षमा योजना सुरु भएपनि विवाद मिलाउन बसेको बैठकमै झडप भएको हो ।