८ असार २०८१, शनिबार | Sat Jun 22 2024


सुनकाण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई थप दश दिन हिरासतमै राखिने


0
Shares

नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो सीआईबीको हिरासतमा रहेका खत्रीलाई यसअघि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन र दश दिन गरी म्याद थप गरेकोमा आज थप दश दिन म्याद दिएको हो ।

उक्त अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय मागेकोमा अदालतले दश दिन समय दिएको हो ।

गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् ।

विमानस्थलमार्फत् सुन भित्र्याउन तस्करहरुलाई सघाएको आरोप खत्रीलाई लगाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले खत्रीलाई माघ २३ गते प्रहरी मूख्यालय नक्सालबाटै पक्राउ गरेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत थिए ।