
यसअघि, मलेसियाले क्वालालम्पुरस्थित उत्तर कोरियाली राजदूत काङ चोललाई बोलाएर उनको भनाइका सम्बन्धमा सफाइ मागेको थियो ।
काङ चोलले क्वालालम्पुरमाथि ‘दुश्मन शक्तिसँग साँठगाँठ गरेको’ आरोप लगाएका थिए ।
मलेसियाली प्रहरीले एकजना उत्तर कोरियाली नागरिकसहित चारजनालाई पक्राउ गरिसकेको छ ।
गत सोमबार क्वालालम्पुर विमानस्थलबाट मकाउ जान लागेका किमको रहस्यमय मृत्यु भएको थियो ।
मकाउ जान लागेका किमको अनुहारमा विष छर्किएको र आक्रमणपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको विश्वास गरिन्छ ।
हत्यामा उत्तर कोरियाको संलग्नता रहेको व्यापक अनुमान गरिएको छ । उत्तर कोरियाले भने यस प्रकरणमा सार्वजनिकरुपमा केही प्रतिक्रिया जनाएको छैन ।
किम जोङ नाम उत्तर कोरियाका दिवंगत नेता किम जोङ इलका जेठो छोरा हुन् । किम जोङ नाम धेरै समय मकाउ, सिंगापुर र चीनमा बस्दै आएका थिए ।
वर्षौंदेखि उनलाई उत्तर कोरियाले हत्या गर्न खोजे पनि चीनले संरक्षण गर्दै आएको विश्वास गरिन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्