५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


मलेसियामा मृत्युदण्ड सुनाइएका १४ नेपाली भन्छन्ः ‘बाँच्ने आस मर्‍यो’


0
Shares

रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० बर्षदेखि जेल जीवन विताइरहेका छन् ।

मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक–पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर पहल नभएपछि बाँच्ने आश मारेका छन् ।

उनीजस्तै अन्य १३ युवालाई मलेसियाको उच्च(पुनरावेदन) अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । यी नेपाली कामदारले पटक पटक जीवन रक्षाको अपिल गरे ।

दुई बर्षयता विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ । संघीय अदालतमा मुद्दा पेस हुने क्रममा छ । यो तहसम्म पुगेपछि जीवन बच्ने सम्भावना न्यून हुने कानुनी ब्यवस्था छ ।

लागुऔषध ओसारपसार, कारोबार र कर्तब्य ज्यानमुद्दामा मृत्युदण्ड सुनाइएका अधिकांश नेपालीलाई फसाएको पाइएको मलेसियास्थित राजदुत निरन्जनमानसिंह बस्न्यातले बताए ।

अधिकांश घटनामा घरमालिक र उनका परिवार गैरकानुनी गतिविधिमा संलग्न हुने र ओसारपसारमा नेपाली कामदारलाई लगाउने गरेको उनी बताउँछन् ।

एक नेपाली कामदारलाई संघीय अदालतले नै मृत्युदण्डको सजाय सुनाएकाले राष्ट्रपतिले मलेसियाका राजालाई माफीका लागि अनुरोध गरे जीवनरक्षा हुनसक्ने राजदुत बस्न्यातले बताए ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट