
न्युयोर्कमा सोमबार भएको प्रदर्शनमा अमेरिकाका अन्य सहरका नागरिक पनि सहभागी भएका थिए ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको एक महिना भएकै दिन उनीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले गत जनवरी २० तारिखका दिन राष्ट्रपतिको कार्यभार सम्हालेका थिए ।
‘मेरो राष्ट्रपति दिवस होइन’ शीर्षकको प्रदर्शनमा अहिले पनि उनकाविरुद्धमा जनता छन् भन्ने देखाउन खोजिएको आयोजकले बताएका छन् ।
७० वर्षीय राष्ट्रपति ट्रम्पको एक महिनाको कार्यकाल अनेक विवाद र बहसकाबीचमा बितेको छ ।
एक महिना पुगेको उपलक्ष्यमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले ‘राष्ट्रपति दिवस खुसियालीपूर्वक बितोस्, अमेरिकालाई फेरि राम्रो बनाऊँ’ लेखेका छन् ।
राष्ट्रपति दिवसकै दिन उनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारकोरुपमा लेफ्टिनेन्ट जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन् ।
यसअघि नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारकारुपमा उनले म्याकमास्टरलाई नियुक्त गरेका हुन् ।
ट्रम्पले एक महिना पुगेको दिन बिहान ट्रम्प इन्टरनेसनल गल्फ क्लबमा आयरल्यान्डका चर्चित गल्फ खेलाडी रोरी म्याकइल्रोयसँग गल्फ खेलका थिए । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्