
क्यालिफोर्नियाको ए शान जोसेमा फसेकाहरुको उद्धार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
घरभित्र फसेका सर्वसाधारणलाई घरबाट बाहिर निस्कन आह्वान गर्दै सुरक्षित स्थानमा लगिएको छ ।
बोम्बोजेनेसिस् नामक आँधीले सात जनाको मृत्यु भएको थियो भने थुपै्रं घाइते भएका थिए ।
केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित भएको हो । बाढीबाट डेढ लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् ।
क्यालिफोर्नियामा पाँच वर्ष लामो खडेरीपछि अतिवृष्टी भएको मौसमविदहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्