
पोर्चुगलमा भएको खेलमा युभेन्टसले स्थानीय टोली एफ.सी पोर्टोलाई २-० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन मार्को पियाचा र ड्यानी आल्भेसले एक–एक गोल गरे ।
च्याम्पियन्स लिग राउन्ड अफ सिक्सटिन अन्तर्गत गएराति नै भएको अर्को खेलमा स्पेनको सेभियाले इङ्ल्यान्डको लेस्टर सिटीलाई २-१ ले हराएको छ ।
स्पेनमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन पाब्लो साराबीया र वाकिम कोरीयाले एक–एक गोल गरे ।
लेष्टर सिटीका लागि जेमी भार्डीले एक गोल फर्काएका हुन् । हारसँगै लेष्टर सिटीको लागि अर्को चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।
प्रतिक्रिया दिनुहोस्