१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


रियाल मड्रिडलाई यो सिजनमा दोस्रो झट्का, भ्यालेन्सिया विजयी


0
Shares

बुधबार राती भएको खेलमा रियाल मड्रिडलाई १४ औं स्थानको भ्यालेन्सियाले २-१ ले हराएको हो ।

आफ्नै मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन सिमोनी जाजा र फाबियन ओरेलानाले एक–एक गोल गरे ।

सुरुवाती १० मिनेटमै २-० ले पछि परेको रियाल मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले ४४ औं मिनेटमा एक गोल फर्काए ।

दोस्रो हाफमा कुनै पनि टोलीले गोल थप्न नसक्दा जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियाल मड्रिड २-१ ले पराजित भएको हो ।

रातिको खेलपछि उपाधि दाबेदार अर्को टोली बार्सिलोनाले रियाल मड्रिडसँगको अंक दूरी घटाएको छ ।

लिगमा २२ खेलबाट ५२ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहँदा २३ खेलबाट ५१ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ ।