आफ्नै ‘साथी’बाट घाँटी रेटी हत्या गर्ने प्रयास, दुईजना पक्राउ • Image Khabar Image Khabar


आफ्नै ‘साथी’बाट घाँटी रेटी हत्या गर्ने प्रयास, दुईजना पक्राउ


Imagekhabar
१२ फाल्गुन २०७३, बिहीबार १४:४६

आफ्नै ‘साथी’बाट घाँटी रेटी हत्या गर्ने प्रयास, दुईजना पक्राउ

उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौं पठाइएको छ ।

धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ । उनलाई बोल्न पनि कठिनाइ भएको छ ।

घटनाबारे जानकारी लिन अस्पताल आएका सुरक्षाकर्मीलाई झाले आफूमाथि जनकपुर–१४ रजौलका फिरोज राइन र सकुर राइनले आक्रमण गरेको जानकारी आफ्नै हातले लेखेर दिएका थिए ।

प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले आरोपीद्वय फिरोज र सकुरलाई प्रहरीले पक्राउ गरेकोे जानकारी दिए ।

को२५प ६१३९ नम्बरको मोटरसाइकलमा सवार भइ फरार हुन खोजेका दुबैजनालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।

प्राप्त जानकारीअनुसार झामाथि आक्रमण गर्ने दुबैजना झाका साथी नै हुन् । उनीहरुबीच लेनदेनसम्बन्धी विवाद रहेको प्रहरीको दाबी छ ।

थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिएका छन् ।

जनकपुरको मुझेलियामा गम्भीर आइते अवस्थामा रहेका झालाई एक सन्चारकर्मीले देखेपछि उद्धार गरी जनकपुर अञ्चल अस्पताल पुर्‍याएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्