२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


सिप्यान क्रिकेट अवार्ड्सः सन्दीप र सीता उत्कृष्ट


0
Shares

काठमाडौं, फागुन २१ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु सन्दीप लामछिाने र सीता रानामगरले वर्षको उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड जितेका छन् ।

मंगलबार क्रिकेट खेलाडी संघ (सिप्यान)ले राजधानीमा आयोजना गरेको ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड्स’मा पुरुषतर्फ सन्दीपले बाजी मारेका हुन् ।

गत वर्ष देश–विदेशका झन्डै एक दर्जन प्रतियोगिता खेलेका लेग स्पीनर सन्दीपले कुल ८४ विकेट लिएका थिए ।

सन्दीपले वर्ष खेलाडीको मनोनयनमा परेका अरु खेलाडीहरु पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे ।

सिप्यान क्रिकेट अवार्डको महिलातर्फ सीता रानामगर उत्कृष्ट बनिन् । मनोनयनमा परेका अरु खेलाडीहरु इन्दु वर्मा, करुणा भण्डारी, रुविना क्षेत्री र सरिता मगरलाई पछि पार्दै सीताले उपाधि जितेकी हुन् ।

उदयीमान खेलाडीतर्फ रोहितकुमार पौडेल उत्कृष्ट बने । रोहितले उपाधिका लागि अभिनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र सन्दीप जोरालाई उछिनेका हुन् ।

यसैगरी, वर्षको उत्कृष्ट क्षणलाई पुरस्कृत गरिने ‘मोमेन्ट अफ दी इयर’ विधातर्फ अलराउन्डर करण केसी उत्कृष्ट बने । मनोनयनमा रहेका अरु ९ खेलाडीलाई पछि पार्दै करण उत्कृष्ट बनेका हुन् ।

आइसीसी डिभिजन–२ प्रतियोगितामा करणको प्रदर्शनले नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

यसैगरी, पूर्वराष्ट्रिय खेलाडी कोमल पाण्डेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ ।

नेपालमा क्रिकेट खेलको विकास र विस्तारमा अतुलनीय योगदान पु¥याएका पाण्डेलाई यसअघि नेपाल खेलकुद पत्रकार मञ्चले पनि लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।