१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पूर्वराजा ज्ञानेन्द्र वीरगन्जमा विशेष पूजामा सहभागी हुँदा जे देखियो (भिडियोसहित)


0
Shares

बाराको सिमराबाट स्थलमार्ग हुँदै अपराह्न साढे ४ बजे वीरगन्ज पुगेका पूर्वराजा शाहले अलखिया मठमा विशेष पूजा–अर्चना गरेका हुन् ।

अलखिया मठमा पूजा–अर्चना गरिसकेपछि पूर्वराजा शाह मुख्यसडक हुँदै पैदलै माइस्थान मन्दिरमा पुगेर पूजाआजा गरेका थिए ।

अलखिया मन्दिरबाट माइस्थान मन्दिरम्म हिँडेर जाँदा स्थानीयले पूर्वराजा शाहको भव्य स्वागत गरेका थिए ।

पूर्वराजा शाहले सर्वसाधारणसँग हात मिलाउँदै हिँडेकोबेला राजावादीहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारासमेत लगाएका थिए ।

अलखिया मठबाट माइस्थान मन्दिर आउनेक्रममा राजावादीहरुमात्रै नभइ नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी दलका जिल्लास्तरका नेताहरुले पनि पूर्वराजा शाहसँग भेट गरेका थिए ।

गत हप्ता सिमरा आएका पूर्वराजा शाहले सिमरा बसेर तराईका विभिन्न जिल्लाको भ्रमण तथा मठ–मन्दिरहरुमा पूजाआजा गर्दै आएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्