छाडा छाडिएको राँगाको आक्रमणबाट महिलाको मृत्यु • Image Khabar Image Khabar


छाडा छाडिएको राँगाको आक्रमणबाट महिलाको मृत्यु


Imagekhabar
१४ फाल्गुन २०७३, शनिबार १३:२१

छाडा छाडिएको राँगाको आक्रमणबाट महिलाको मृत्यु

छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी सिरहाकै लहान नगरपालिका–१५ स्थित ढोढना खोलामा राँगाले आक्रमण गर्दा स्थानीय ४० वर्षीया अनिता चौधरी घाइते भएकी छन् ।

बजारबाट घर फर्कने क्रममा राँगोको आक्रमणबाट घाइते भएकी चौधरीको लहानस्थित फ्रेन्स मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्