मजदुर मृत भेटिए, गैँडाको आक्रमणबाट घाइते • Image Khabar Image Khabar


मजदुर मृत भेटिए, गैँडाको आक्रमणबाट घाइते


Imagekhabar
१५ फाल्गुन २०७३, आईतवार ०९:१३

मजदुर मृत भेटिए, गैँडाको आक्रमणबाट घाइते

भरतपुर–४ स्थित खनालचोकमा रहेको असलाम अहमदको गाडी वर्कसपमा काम गर्ने धादिङका ७० वर्षीय बाबुराम सिंमखडा आफ्नै कोठामा शनिबार मृत भेटिएका हुन् ।

प्रहरी निरीक्षक निरञ्जन भट्टराईको प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको छ ।

यसैगरी शनिबार साँझ पूर्वी चितवनको कुमरोजमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन् ।

खैरहनी–१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा स्थानीयवासी ५३ वर्षीय कुमारबहादुर तामाङलाई गैँडाले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

जङ्गलमा रुखबाट झरेको पात दाउरा टिप्ने क्रममा एक्कासि जङ्गली गैँडाले आक्रमण गर्दा घाइते भएको र अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्