Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अवरोध पन्छाउँदै स्ववियु निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता


0
Shares

राजधानीमा आइतबार भएको कार्यक्रममा उनीहरुले सुरक्षा प्रवन्ध मिलाईदिन सरकारको ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले क्याम्पसहरुमा अराजकता फैलाउने, आगजनी गर्दै हिड्ने र तालाबन्दी गर्ने काममा नेपाल विद्यार्थी संघ संलग्न रहेको आरोप लगाइन् ।

उनले भनिन्, ‘हामी तोकिएकै मितिमा निर्वाचन सम्पन्न भएको देख्न चाहन्छौँ, तर नेविसंघले उदण्डता देखाईरहेको छ, हामी यसको कानुनी कारवाहीको माग गर्छौं, लोतन्त्रको खिलाफमा नेविसंघ उभिएको छ, हामीलाई यो स्विकार्य छैन, हामी जुनसुकै हालतमा स्ववियू निर्वाचन निर्धारित मितिमै हुनुपर्छ भन्ने चाहन्छौँ ।’

नेवि संघका महामन्त्री सरोज थापाले भने त्रिविले नै अराजकता निम्त्याउन खोजेको भन्दै फर्जी विद्यार्थी भर्ना बदर गर्नुपर्ने माग गरे । थापाले भने, ‘पशुपति क्याम्पसमा हाम्रा केही साथीहरुको विमतीले गर्दा तालाबन्दी भएको छ, हामी तत्काल खुलाउने प्रयासमा छौँ, जीत हारले हामीलाई कुनैपनि फरक अर्थ राख्दैन ।’

अखिल क्रान्तिकारी ‘वैद्य’ समहका विद्यार्थी नेता सेमन्तराज भण्डारीले अमुक विद्यार्थी संगठनको कारणले गर्दा स्ववियू निर्वाचन धरापमा पर्ने सक्नेमा आशंका व्यक्त गरे ।