फोटो पत्रकारलाई विभिन्न विधामा पुरस्कृत गरिने • Image Khabar Image Khabar


फोटो पत्रकारलाई विभिन्न विधामा पुरस्कृत गरिने


Imagekhabar
१५ फाल्गुन २०७३, आईतवार २०:२०

फोटो पत्रकारलाई विभिन्न विधामा पुरस्कृत गरिने

राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले आइतबार ललितपुरमा गरेको पत्रकार सम्मेलनमा आगामी वैशाख १३ गते पर्ने फोटो पत्रकारिता दिवसको अवसरमा उनीहरुलाई अवार्ड वितरण गरिने जानकारी दिएको हो ।

राजनीति, पर्यटन तथा संस्कृति, खेलकुद, मनोरञ्जन, दैनिक जनजीवन लगायतका विभिन्न १२ वटा विधामा पुरस्कार प्रदान गरिने भन्दै पुरस्कारका लागि फोटो पत्रकारहरुले आवेदन दिनसक्ने अवार्ड समितिका संयोजक प्रदिपराज वन्तले जानकारी दिए ।

त्यस्तै ५० हजार राशीको डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटो पत्रकारलाई पुरस्कृत गरिने जनाइएको छ ।

अन्य ११ विधाको पुरस्कारको राशी भने प्रतिविघा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्