
शान्ति तथा पुननिर्माण मन्त्री सीता देवी यादवले आइतबार दरबारको उद्घाटन गरिन् ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा ६ करोड ३१ लाख रुपैयाँको लागतमा दरबार पुनर्निर्माण भएको हो । विक्रम सम्वत् १९८४ सालमा प्रताप शमशेर राणाले बनाएको दरबार २०६२ माघ १८ गते माओवादीले ध्वस्त बनाएका थिए ।
३ रोपनी २ आना क्षेत्रफलमा बनेको ३ तले दरबारमा ४५ वटा कोठा रहेका छन् । दरबारको उद्घाटन गर्दै मन्त्री यादवले देशमा १० बर्षमा १२ वटा शान्ति मन्त्री फेरिएको तर द्वन्द्वमा ध्वस्त पारिएका संरचनाको पुनर्निर्माण हुन नसकेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्