३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


ज्येष्ठ नागरिकहरुलाई ‘देश दर्शन’


0
Shares

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा ज्येष्ठ नागरिकहरुलाई बभ्रमण गराइएको हो ।

सोहीक्रममा ज्येष्ठ नागरिकहरु सोमबार पाल्पा भ्रमणमा पुगेका छन् । उनीहरुलाई तनहुँ, पोखरा, स्याङ्जा, पाल्पा, लुम्बिनी, नवलपरासी, चितवन, गोरखालगायतका स्थानहरुमा भ्रमण गराइएको जनाइएको छ ।

पाल्पामा ज्येष्ठ नागरिकहरुले पाल्पा दरबार, भगवती मन्दिर, नारायणस्थान मन्दिर, टुँडिखेल तथा तानसेनबजारको अवलोकन गरेका थिए ।

उनीहरुले तानसेनका ज्येष्ठ नागकिहरुसँग अनुभव आदान–प्रदान गरेका थिए भने पाल्पा उद्योग वाणिज्य संघले सम्मान गरेको थियो ।