५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


३३ किलो सुन तस्करीका नाइके पक्राउ


0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सीआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे तीन किलो सुन तस्करीमा संलग्न थिए ।

पक्राउ परेकामध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपाल कै सुन पसलमा बेच्दै आएका थिए ।

उनीहरुमाथिको अनुसन्धानबाट सुन पसलको पनि पहिचान हुने प्रहरीले जनाएको छ ।

अनुसन्धान अन्तिम चरणमा
सीआइबी निर्देशक डिआइजी नवराज सिलवालले तस्करीमा संलग्न थप व्यक्तिलाई पक्राउ गरिएको बताए । ‘सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आइतबारसम्म अनुसन्धान पुरा गरी मुद्दा दायरको प्रक्रियामा जान्छौं ।’

मुख्य नाइके अझै फरार छन् । तस्करीमा संलग्न प्रमोद श्रेष्ठ लगायत व्यापारी दुबईमा रहेको प्रहरी स्रोतले बतायो । –नयाँ पत्रिका दैनिकबाट