
मंगलबार राति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार तामाङलाई मन्त्रालयकै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो ।
सरुवा भएका तामाङले १८ महिना कामपाको कार्यकारी प्रमुखकारुपमा काम गरेका थिए ।
उनलाई सरुवा गरेसँगै अब कामपाका कार्यकारी अधिकृतकारुपमा ईश्वर पौडेल आएका छन् ।
पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् थिए ।
पौडेल र तामाङ दुबैजनाले बुधबार पदबहाली गर्ने कार्यक्रम छ । रासस
प्रतिक्रिया दिनुहोस्