३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


देशभर निर्वाचनको वातावरण बनाउने भूमिका निर्वाह गर्नोस् : विष्ट


0
Shares

विहीबार भक्तपुरमा गरिएको साक्षात्कारमा अध्यक्ष डा. विष्टले पत्रकार महासंघले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।

उनले देशभर निर्वाचनको वातावरण बनाउने भूमिका निर्वाह गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गरे ।

अर्को एक प्रसंगमा अध्यक्ष डा. विष्टले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका लागि महासंघले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

उनले आफ्नो कार्यकालमा पत्रकारको स्वास्थ्य बीमा, ज्येष्ठ पत्रकार सम्मानलगायतका काम भएको बताए ।