Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


देशभर सेना दिवस मनाइँदै, टुँडिखेलमा सेनाले कला प्रदर्शन गर्ने


0
Shares

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ ।

सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने छ ।

नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमख आतिथ्यतामा सेनाले विशेष समारोह आयोजन गर्दैछ ।

सेना दिवसको कार्यक्रमलाई नेपाली सेनाको शक्ति प्रदर्शनको रुपमासमेत हेरिन्छ ।

समारोहमा सैनिक सामग्री तथा कला प्रदर्शनी, परेड, प्यारा जम्प, कवाज तथा तोप बढाइँ गरिनेछ ।

त्यसैगरी सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने छ ।

यसैबीच सेना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओली केपी ओलीले समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्ने बताएका हुन् ।