
प्रहरी बल प्रधान कार्यालयमा आयोजित ‘कमान्ड एन्ड स्टाफ कोर्स’को समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सरकारबाट प्राप्त जुनसुकै जिम्मेवारी र दायित्वलाई व्यावसायिक ढंगबाट पूरा गर्नका लागि तयार भएर बस्न बलका अधिकृत र जवानलाई निर्देशन दिए ।
बलका १० सशस्त्र प्रहरी नायब उपरीक्षकको सहभागिता रहेको १८ महिना अवधिको सो कार्यक्रम २०७२ साल असोजदेखि सुरु भएको थियो ।
सो कोर्समा सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक बरालले ‘बेस्ट रिसर्च अवार्ड’, ‘बेस्ट एकेडेमिक अवार्ड’ र ‘बेस्ट कमान्ड एन्ड स्टाफ कोर्स अवार्ड’ प्राप्त गर्न सफल भए ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई उपप्रधानमन्त्री निधि, त्रिविका रेक्टर प्रा. डा. सुधा त्रिपाठी र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
बलका महानिरीक्षक श्रेष्ठले आगामी दिनमा आउनसक्ने नयाँ सुरक्षा चुनौतीलाई सामना गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहका लागि सो कार्यक्रम कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्