२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


हावाहुरीले टावर ढल्दा इमेज एफएम पोखराको प्रसारण रोकियो


0
Shares

हावाहुरीले टावर ढल्दा करिब १५ लाख रुपैयाँ बढीको क्षति भएको पोखरा स्टेसनका प्रमुख प्रदीप पौडेलले जानकारी दिए ।

टावर ढल्दा प्रसारण रोकिएको र शनिबारसम्म मर्मत गरी सन्चालनमा ल्याउने तयारी भएको उनले बताए ।

विहीबार दिउँसो करिब ४ बजेतिर आएको हावाहुरीले पोखराका विभिन्न ठाउँमा कतिपयका घरका छाना उडाएको छ भने तरकारीबाली र फलफूलमासमेत क्षति पुगेको छ ।