
अहिले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । त्यस्तै, पोखरा विमानस्थलको निर्माण पनि अगाडि बढेको छ । तर, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल भने कागजमै सीमित छ
नेपालको विमानस्थलको नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरण ९क्यान०का अनुसार निजगढ विमानस्थल निर्माणले गति लिन नसक्नुको प्रमुख कारण सरकारको कमजोरी हो ।
विमानस्थल कुन मोडालिटीमा बनाउने भन्ने विषयमा सरकारले समयमै निर्णय लिन नसक्दा निर्माणले गति लिन नसकेको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
उनका अनुसार सरकारले अन्तर्राष्ट्रिय विमानस्थल कसले बनाउने भन्ने कुरा नै निक्र्योल गर्न सकिरहेको छैन ।
त्यति मात्र होइन, सरकार अन्तर्राष्ट्रिय विमानस्थलका नाममा क्षेत्रीय विमानस्थलमा अल्झिरहेको ती अधिकारीले आरोप लगाए ।
‘हामीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि चाहिन्छ तर निजगढको विकल्प भैरहवा र पोखरा विमानस्थलले दिनै सक्दैन,’ उनले भने, ‘मुलुककै कायापलट गर्नसक्ने विमानस्थललाई छायामा पारेर सरकार र राजनीतिक दलहरूले मुलुकको आर्थिक विकासलाई पछाडि धकेलिरहेका छन् ।’
भैरहवास्थित क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भए पनि उडानमा भने समस्या देखिन्छ । भारतसँग खुला आकाशसम्बन्धी सम्झौता हुन सकेको छैन ।
नेपालमा प्रवेश गर्ने विमान भारतीय आकाश हुँदै सिमराबाट नेपाली आकाशमा प्रवेश गर्छन् । नेपाल प्रवेशका लागि भारतले सिमरा रुटलाई मात्र इजाजत दिएको छ ।
-राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्