Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


आन्दोलनबाट पनि उखु किसानले पाएनन् सरकारी अनुदान


0
Shares

सर्लाही, फागुन १९ । गत फागुन ७ गते सात दिनभित्र पैसा पाउने सहमति भए पनि अझै अनुदान रकम नपाएको उखु कृषकले गुनासो गरेका छन् । ७ गते चार बुँदे सहमति भएपछि किसानले आन्दोलन रोकेका थिए । 

तत्कालिन ४ बुँदे सहमतिपछि उखु किसानले गत वर्ष बिक्री गरेको उखुको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान पाउने आश गरे पनि हालसम्म नपाउँदा निराश हुनुपरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

सर्लाहीका उखु किसानका लागि आएको २६ करोड ७४ लाख ३१ हजार रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवामा रोकिएको बताइएको छ ।