४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


‘मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवा पुस्ताको काँधमा’


0
Shares

पूर्वाञ्चल विश्वविद्यालय आठांै दीक्षान्त समारोहलाई आइतबार विराटनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई सही दिशामा हाँक्न वौद्धिक जनशतिmको खाँचो रहेको बताए ।

ईतिहास रातरात परिवर्तन नहुने भन्दै प्रधानमन्त्री दाहालले शिक्षित युवाहरु विदेश पलायन हुँदा देशलाई ठूलो नोक्सानी भएको बताए ।

नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेअनुरुप वर्तमान सरकारले प्रतिस्पर्धी लाभको महत्वपूर्ण स्रोतको रुपमा रहेको जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिएको पनि उनले बताए ।

सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालयका चारवटा आंगिक र एक सय ४९ वटा सम्बन्धन प्राप्त कलेजका ८ हजार ७ सय ६४ जना विद्यार्थी दीक्षित भएका थिए ।