५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


सुन तस्करीबाटै एक दर्जन कम्पनीको मालिक !


0
Shares

उनीहरुसँग मिलेर खड्काले भरियाका रुपमा सुन ओसारपसार सुरु गरे । जब सुन तस्करीको सेटिङ बुझे र यसमा करोडौं कमाइ हुने देखे, त्यसपछि उनी आफै तस्करीमा लागेको प्रहरीको भनाइ छ ।

एयरपोर्ट भन्सारका कर्मचारीसँग अग्रवाल समूहको पहिलेदेखि नै सेटिङ थियो, त्यही सेटिङलाई प्रयोग गरी खड्काले तस्करी सुरु गरेका हुन् । तीन वर्षमै उनले करोडौंको सम्पत्ति जोडिसकेका छन् ।

उनी दुबईमा याक एन्ड यती नेपाली रेस्टुरेन्ट, याक एन्ड यती सुन पसल तथा बागमती ट्रेडिङलगायत कम्पनीका मालिक हुन् । उनले लाजिम्पाटमा पनि घर किनेका छन् ।

खड्काका पार्टनर रोशन भुसालको पनि करोडौंको सम्पत्ति भेटिएको प्रहरीले जनाएको छ । कुनै समय काठमाडौंमा ट्याक्सी चलाउने भुसालको नाममा एक दर्जन कम्पनी छन् । उनीसँग करोडौंको सम्पत्ति भेटिएको छ । –नयाँ पत्रिका दैनिकबाट