२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मन्त्री केसी र गुरु रविशंकरद्वारा विष्णु मण्डप सेन्टरको उदघाटन


0
Shares

शहरी विकास मन्त्री अर्जुननरसिंह केसी र भारतीय गुरु रविशंकरले संयुक्त रुपमा मण्डप सेन्टरको उद्घाटन गरे ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले उपलब्ध गराएको १५ रोपनी जग्गामा सेन्टर निर्माण गरिएको हो ।

मण्डप सेन्टर निर्माणका लागि रिता श्रेष्ठ वैद्यले नेतृत्वदायी भूमिका निर्वाह गरेकी हुन् ।

मण्डप सेन्टरमा योगा ध्यान केन्द्र, यज्ञ कुण्ड, निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र, नारी परीक्षण केन्द्र र पुस्तकालयसमेत स्थापना गरिएको छ ।