२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘कुकुरलाई बचाउनेक्रममा’ कार पल्टियो, एकको मृत्यु, दुईजना गम्भीर घाइते


0
Shares

सोमबार मध्याह्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा१२च २०७२ नम्बरको सुजुकीकार सडकमा हिँडिरहेको कुकुरलाई बचाउनेक्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार दुर्घटनामा परी सवारीचालक नेपालगन्ज उपमहानगरपालिका–१ का २८ वर्षीय मोहमद सकिल हलवाइको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कारमा सवार अन्य दुईजनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

घाइते दुबैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । रासस