५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


नेपालमा १० हजार अवैध विदेशी


0
Shares

विभागको तथ्यांकअनुसार १९ फेब्रुअरी २०१३ सम्म पर्यटन भिसा भएका केलेन त्यसपछिका चार वर्ष कहाँ गए, विभागसँग कुनै तथ्यांक छैन ।

विभागले नै सोमबार देश निकाला गरेका अस्ट्रेलियन नागरिक पासाङटेम्बा शेर्पा पर्यटन भिसामा नेपाल प्रवेश गरेको एक हजार एक सय २४ दिन बिनाभिसा नेपाल रहे ।

केलेनको फेसबुक पेज हेर्दा उनी नेपालका पहाडी बाटोमा जोखिमपूर्ण यात्रा गराउने कम्पनीसँग आवद्ध देखिन्छ । नेपालमा बिना अनुमति केही नेपाली युवा र विदेशीले संचालन गरेको नेपाल इनडोरु टुर्स अन्तर्गत अन्तर्राष्ट्रिय थडर राइडर्समा आवद्ध केलेनका विषयमा थप अनुसन्धान भन्दा विभागले देश निकाला फाइल मन्त्रिपरिषदमा पठायो ।

सरकारले पनि चार वर्षको करिब साढे सात लाख भिसा शुल्क र जरिवाना बुझाएपछि उनलाई उनकै देश पठाउने निर्णय गर्‍यो ।

विभागले गरेको पछिल्लो अध्ययनअनुसार नेपालमा पर्यटन भिसामा आएर म्याद गुजारी वर्षौंदेखि बसेका १० हजारभन्दा बढी विदेशी छन् । विभागले गृहमन्त्रालयमा बुझाउन तयार पारेको उक्त प्रतिवेदन अनुसार भिसाबापत तत्काल १८ अर्बभन्दा बढी रकम उठ्न सक्छ । –नागरिक दैनिकबाट