
काठमाडौं । अमेरिका र दक्षिण कोरियाले बृहत संयुक्त सैन्य अभ्यास अन्त्य गर्ने निर्णय गरेका छन् ।
दुई मुलुकका रक्षामन्त्रीहरुबीचको कुराकानीपछि यस्तो सहमति भएपनि यो स्थायी हो वा होइन भन्ने स्पष्ट भैसकेको छैन ।
तर सानो तहमा भने संयुक्त सैन्य अभ्यास जारी रहने छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा पहिलो वार्ता भएयता अमेरिका र दक्षिण कोरियाले धेरैपटक संयुक्त सैन्य अभ्यास स्थगित गरिसकेका छन् ।
उत्तर कोरियाले यस्ता सैन्य अभ्यास आफु प्रति लक्षित रहेको भन्दै यसको विरोध गर्दै आएको छ ।
दक्षिण कोरियामा करिब ३० हजार अमेरिकी सेना तैनाथ छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्