
यो दिवस अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि मनाइन्छ । दिवसका अवसरमा आज विहानै राजधानीको भृकुटीमण्डपवाट र्याली निकालियो ।
महिला अधिकारका लागि कार्यरत विभिन्न संघ संस्थाले निकालेको र्याली नगरको विभिन्न ठाउँको परिक्रमा गरि रत्नपार्कको शान्तिबाटिका पुगी सभामा परिणत भएको थियो ।
सभाका सहभागीहरुले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा रोक्न राज्यको ध्यानाकर्षण गराए ।
यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरुले शुभकामना सन्देश दिएकी छन् ।
प्रधानमन्त्री दाहालले नेपालको संविधान एशियाकै सबैभन्दा बढी महिलामैत्री रहेको भन्दै संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुरक्षित गरेको उल्लेख गरेकी छन् ।
नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको भन्दै देश विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता जरुरी रहेको उल्लेख गरेकी छन् ।
अब हुने स्थानीय निर्वाचनले हजारौं महिलालाई राजनीति र विकासमा योगदान दिनसक्ने स्थानमा पुर्याउने पनि उनको विश्वास छ ।
प्रधानमन्त्री दाहालले महिलाविरुद्ध हुने हिंसा अन्त्य र महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न सबैमा अपील पनि गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्