२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


प्रदेश नम्बर पाँच सरकारद्वारा सडक सुरक्षा सुझाव कार्यदल गठन


0
Shares

भैरहवा । प्रदेश नम्बर पाँचको सरकारले सवारी दुर्घटना न्यूनिकरणका लागि आवश्यक अध्ययन गरि सुुझाव पेश गर्न सडक सुरक्षा सुझाव कार्यदल गठन गरेको छ ।

बढ्दो सवारी दुर्घटना न्युनिकरणका कार्यदल गठन गरिएको हो । प्रदेश पाँचमा सडक संजालको विस्तार र सवारीको चाप बढेसँगै सडक दुर्घटनामा पनि बृद्धि भएको छ ।

सवारी दुर्घटनामा परि प्रदेश पाँचमा दैनिक औसत दुई जनाको ज्यान जाने गरेको छ भने कयौं घाइते भै उपचारपश्चात अपाङ्ग जीवन बाँचिरहेका छन् ।

दैनिकजसो सवारी दुर्घटना हुने र जनधनको क्षति हुने क्रम बढेसँगै सडक सुरक्षा र प्रयोग सम्बन्धि आवश्यक नीति तर्जुमा गर्न प्रदेश सरकारले मुख्य न्यायधिवक्ता ठाकुरप्रसाद डिसीको नेतृत्वमा उक्त कार्यदल गठन गरेको हो ।

सवारी साधनको बढ्दो चापसँगै सडकको दुरावस्था, चालकको लापरवाही र यात्रुको असावधानीका कारण अधिक मात्रामा सवारी दुर्घटना हुने गरेको सरोकारवाला बताउँछन् ।