५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


सडकमा सवारी अवरोध गर्नेलाई तीन वर्ष जेल


0
Shares

सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ ।

व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्‍याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधायन समिति सदस्य रेवतीरमण भण्डारीका अनुसार उक्त विधेयक संसदको विधायन उपसमितिबाट पास भइ समितिमा आइसकेको छ । –नागरिक दैनिकबाट