
जिल्लाको उत्तरी भेगका ११ गाविसमा हिमपात भएको र हिमपातका कारण विद्यालयसमेत बन्द भएको स्थानीय वासिन्दाले बताएका छन् ।
मार्तडी–कोल्टी सडकखन्डमा भारी हिमपात र वर्षा पनि भएपछि सवारी–साधनसमेत ठप्प भएका छन् ।
जिल्लाका बिच्छ्या, रुगिन, गोत्री, दहकोट मानाकोट आटिचौर क्षेत्रमा बढी हिमपात भएको जनाइएको छ ।
यता, मनाङमा पनि व्यापक हिमपात भएको छ भने म्यादीको उच्च भेग तथा मुस्ताङमा पनि हिमपातका कारण पर्यटकको आवतजातमा प्रभाव परेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्