
नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुनेछन् ।
संविधानअनुसार स्थानीय तह (७ सय ४४ वटा गाउँ/नगरपालिका) पुनः संरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिारीलाई बिहीबार निर्देशन दिएको हो ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्बाट पारित स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन आइतबारदेखि लागू हुने बताए ।
उनका अनुसार जिविसहरु जिल्ला समन्वय समितिमा रुपान्तरण हुनेछन् । गाविस र नगरपालिका हालका जुन नगरपालिका वा गाउँपालिकाका रुपमा कायम भएका छन्, तिनैबाट संचालन हुनेछन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्