
अदालतको यो निर्णयसँगै अब पार्क पदबाट बर्खास्तगीमा पर्ने निश्चित भएको छ । संसदले गरेको निर्णयलाई त्यहाँको उच्च अदालतले पनि मञ्जुरी दिएपछि जननिर्वाचित राष्ट्रपति पहिलो पटक पदबाट बर्खास्तगीमा परेकी हुन् ।
उच्च संवैधानिक अदालतका आठ सदस्यीय न्यायाधीशको इजलाशले पार्कलाई हटाउने प्रशस्त आधार रहेको भन्दै संसदको निर्णय सदर गरेको हो ।
पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानून उल्लंघन गरेको पनि अदालतले ठहर गरेको छ । आफ्ना निकट साथी चाई सून सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसदले महाभियोग लगाएको थियो ।
अदालतको यो निर्णयसँगै अब दक्षिण कोरियामा आगामी मे अगाडी नै नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने भएको छ । अब पार्कले राष्ट्रपति भए वापतको सुबिधा गुमाउनुका साथै कानूनी कार्वाहीका लागि प्रक्रिया अघि बढाइने बताइएको छ ।
महाभियोग लागेसँगै गत डिसेम्बरबाट पार्कलाई सबैखाले भूमिकाबाट विहीन बनाइएको छ भने प्रधानमन्त्रीले राष्ट्रपतिको कार्यभार सम्हालिरहेका छन् ।
यद्यपि, आफूलाई लगाइएको आरोपको राष्ट्रपति पार्क र चाई दुबैले अस्वीकार गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्