१ असार २०८१, शनिबार | Sat Jun 15 2024


जनपक्षीय अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन महत्वपूर्ण : प्रधानमन्त्री


0
Shares

थकालीहरुको महान पर्व तोरन्लको अवसरमा थकाली सेवा समितिले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले निर्वाचन सफल पार्न सवै पक्षलाई सहयोग पु¥याउन आग्रह गरे ।

पछिल्लो समय मुलुक जटिल अवस्थामा रहेको भन्दै उनले यसलाई अवसरका रुपमा पनि लिनुपर्ने भएकाले सवै चुनौतीलाई पन्छाउँदै मुलुकको आर्थिका विकास र समृद्धितर्फ सरकार गम्भीर रहेको बताए ।

थकाली जातीको सबैभन्दा ठूलो चाड तोरन्ल पर्व ३ दिनसम्म मनाउने परम्परा रहे पनि यो वर्ष तिथीअनुसार ४ दिनसम्म मनाईने भएको छ । यस पर्वमा एक अर्कालाई शुभकामना आदानप्रदान गर्दै सुख र शान्तिको कामना गरिन्छ ।

थकाली जाती परम्परागत रुपमा शिकार खेल्ने भएकाले यो पर्वमा धनुष वाण प्रतियोगिता आयोजना गर्ने चलन छ ।