
मृतक महतोको स–साना एक छोरा र तीन छोरी रहेका छन् । परिवारमा एकमात्र कमाउने महतोको मृत्युपछि घर र सिंगो गाउँमा रुवाबासी छाएको छ ।
सप्तरी जिल्लाको मलेठ गाविस–२ मा बस्दै आएका वीरेन्द्रको उपचारकाक्रममा बुधबार मृत्यु भएको खबर सुनेर घरमा रहेकी श्रीमती रञ्जना र सासू द्रौपती बेहोस भएका थिए ।
दुबैजनालाई आफन्तले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुर्याएका थिए । दुबैजना विहीबार (हिजो) बेलुकासम्म राम्ररी बोल्नसक्ने अवस्थामा थिएनन् ।
स–साना छोराछोरीको स्याहारसुहार छिमेकीले गर्दै आएका छन् ।
एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तासँगको झडपकाक्रममा प्रहरीको गोली लागी घाइते भएका महतोको उपचारकाक्रममा बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
विवाहपछि लामो समयदेखि ससुरालीमा रहँदै आएका सप्तरी, मलेठ गाविस–२ का मृतक वीरेन्द्र महतो नेपाल प्रहरीको जागिर छाडेर मलेठस्थित ससुरालीमा खेती–किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्