३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कन्चनपुर घटनाः नेपालले भारतलाई भन्यो–‘दोषीमाथि कडा कारबाही गर’


0
Shares

मन्त्री डा. महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उनको ध्यानाकर्षण गराएका थिए ।

नेपाली नागरिकको ज्यान गएको यस घटनाको छानबिन गरी यसमा संलग्न दोषीमाथि कारबाहीका साथै आइन्दा यस्ता घटना हुन नदिन भारतीय पक्षबाट लिनुपर्ने सावधानीका लागि पनि विदेशमन्त्री स्वराजसँग मन्त्री डा. महतले आग्रह गरेका थिए ।

वार्ताकाक्रममा भारतीय विदेशमन्त्री स्वराजले घटनालाई भारत सरकारले पनि गम्भीररुपमा लिएको र घटनाबारे स्थानीयस्तरमा यथार्थ बुझ्ने काम भइरहेको जानकारी दिइन् ।

यसैबीच, नेपालस्थित भारतीय कार्यबाहक राजदूत विनयकुमारलाई शुक्रबार बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर उक्त घटनाका सम्बन्धमा नेपाल सरकारका तर्फबाट भारतलाई कूटनीतिक नोट हस्तान्तरण गरिएको छ ।

परराष्ट्रसचिव शंकरदाश वैरागीले हस्तान्तरण गरेको सो नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

साथै, सो नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ । रासस