२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कन्चनपुर आजपनि तनावग्रस्त, भारतीय एसएसबीद्वारा ५० राउन्ड बढी अश्रुग्यास प्रहार


0
Shares

नेपालतर्फ सशस्त्र र जनपद प्रहरीले स्थानीयवासीलाई बिहानैदेखि निगरानीमा राखिरहेको भएपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

त्यसैगरी, भारततर्फ खटिएको सीमा सुरक्षा बल (एसएसबी)ले स्थिति नियन्त्रणमा लिन बिहानदेखि अहिलेसम्म ५० राउन्डभन्दा बढी अश्रुग्यास सेल प्रहार गरिसकेको छ ।

विहीबार नेपाली भूमिमा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काइदिएपछि विवाद सुरु भएको थियो ।

सोक्रममा भारतीय एसएसबीले गोली चलाउँदा पुनर्वास नगरपालिका वडा नम्बर–८ का गोविन्द गौतमको मृत्यु भएको थियो ।

सो घटनालाई लिएर शुक्रबार बिहानैदेखि कारगिल डाँडामा पाँच हजारभन्दा बढी नेपाली भारतविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

दुईपक्षबीच झडपको स्थिति सिर्जना हुन नदिन नेपाल र भारत दुबैतर्फ ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । रासस