
यो घटनालाई कतिपयले भने सन् १९६० मा चिनियाँ सुरक्षाकर्मीको गोलीले मुस्ताङमा एक नेपाली नागरिकको हत्या भएको घटनासँग तुलना गरिरहेका छन् । सन् १९५० को दशकमा नेपाल र चीनबीच तीनवटा विवाद थिए ।
पहिलो, नेपाली व्यापारीले चीनमा व्यापार तथा वाणिज्यसँग सम्बन्धित विभिन्न समस्या भोगिरहेका थिए। दोस्रो, नेपाल र चीनबीच सीमा विवाद थियो । तेस्रो विवादचाहिँ सगरमाथाबारे थियो ।
यी विवादका कारण नेपाल र चीनको सम्बन्ध त्यति मधुर थिएन । सन् १९६० जुन २८ तारेखमा चिनियाँ सुरक्षाकमर्मीहरुले सीमा पार गरेर मुस्ताङको नेपाली भूभागमा प्रवेश गरे ।
चिनियाँ सुरक्षाकर्मीको गोलीबाट एक नेपालीको मृत्यु भयो भने उनीहरुले केहीलाई आफ्नो कब्जामा लिए । त्यो घटनालाई नेपाली पक्षले चीनसँग दह्रोसँग उठायो ।
नेपाल मामलाका जानकार एसडी मुनीले नेपालको परराष्ट्र नीतिसम्बन्धी पुस्तकमा उल्लेख गरे अनुसार उक्त घटनामा चिनियाँ पक्षले आफ्नो सुरक्षा निकायको तल्लोस्तरको जवानले गरेको असावधानीका कारण घटना भएको उल्लेख गर्यो ।
तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले चीन सरकारका तर्फबाट घटनाका सम्बन्धमा माफी मागे र नेपाल सरकारले मागे अनुसार मारिएका सुरक्षागार्डको परिवारलाई क्षतिपूर्ति दिने बताए।
-कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्