
उपप्रधानमन्त्री निधिले सीमावर्ती क्षेत्र कैलाली र कन्चनपुरमा भइरहेका आन्दोलन रोकेर संयमता अपनाउन आग्रह गरे ।
शनिबार हामीसँग कुरा गर्दै गृहमन्त्री निधिले आवश्यक परे सरकारले नै जनतालाई आन्दोलनका लागि आह्वान गर्ने स्पस्ट पारे ।
उनले भारतसँगको सहमतिमै कल्भर्ट बनाइएकाले भारतले सहमतिविपरीतको काम गर्नु निन्दनीय भएको बताए ।
उपप्रधानमन्त्री निधिले राष्ट्रिय एकता, अखन्डता र सीमारक्षाका विषयमा सरकारले कसैसँग सम्झौता नगर्ने स्पस्ट पारे ।
उनले भारतीय उच्चतहमै सीमाकाबारेमा कुरा भइरहेको बताए । सीमा विवादलाई दीर्घकालीनरुपमै समाधानको पहल गरिनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्