१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए होलीको शुभकामना


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

उनले विभिन्न रंगहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यो पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्‍याउँदै आएको बताएकी छन् ।

यो पर्वले सबै नेपालीमा खुसीका रंगहरु छर्दै नयाँ उमंगसहित हर्षोल्लास र शान्तिको सन्देस फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र सम्बद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत राष्ट्रपतिले गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै रंगहरुको पर्वको रुपमा मनाइने नेपालीहरुको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले यो पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि शुभकामना सन्देश जारी गर्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्वद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गरेका छन् ।