Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सिरियामा बम विस्फोटमा परी ४० जनाको मृत्यु, १ सय २० घाइते


0
Shares

घटनामा १ सय २० जनाभन्दा बढी घाइते भएका छन् । सिया मुसलमान समुदायको पवित्र धार्मिकस्थलमा भएका विस्फोट के उद्देश्यले गराइएको थियो भन्ने विषयमा सञ्चारमाध्यमहरुमा फरक–फरक धारणा आएका छन् ।

बाल अल साघिर चिहान क्षेत्रमा भएका दुई वटा विस्फोट भएको र घटनामा थुप्रैको मृत्यु भएको सिरियाको राष्ट्रिय समाचार संस्था सानाले जनाएको छ ।

उक्त चिहान क्षेत्रमा सिरियाका थुप्रै महत्वपूर्ण सिया समुदायका धर्म गुरुहरुको शव गाडिएको सानाले बताएको छ ।

सिरियाली अधिकारीलाई उदृत गर्दै अरब अल मानर टेलिभिजनले दुई विस्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

अरबी सञ्चारमाध्यमहरुले सिया मुसलमानका धर्म गुरुहरुको मृत शरीर राखिएको ठाउँलाई असर पुर्‍याउने ध्येयका साथ विस्फोट गराइएको जनाएका छन् भने कतिपय सञ्चारमाध्यमले उत्तर क्षेत्रमा इस्लामिक स्टेट आइएस समूहलाई लक्षित गरी सिरियाली प्रशासनले आक्रमण गरेको बताएका छन् । (एजेन्सी)