२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


गौतमको शवयात्रामा सहभागी हुन सयौं मानिस भेला हुँदै


0
Shares

धनगढी नगरपालिकाको फोहर उठाउने गाडी ल्याएर शव राख्न खोजेर सहिदको अपमान गरेको भन्दै आफन्तले शव उठाउन नदिएपछि अहिले सर्वसाधारणले फेरी धनगढी बजार बन्द गराउँदै हिँडेका छन्

गौतमको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । अस्पतालदेखि स्थानीय दोधा नदीसम्म हुने शवयात्रामा सहभागी हुन सयौं सर्वसाधारण भेला भएका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गत बिहीबार मृत्यु भएका गौतमको अन्त्येष्टिमा ११ तोपको सलामी दिने निर्णय सरकारले गरेको थियो ।

सीमा नजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो ।