१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


बर्षौं वित्यो त्रियुगा नदीमा पक्की पुल निर्माण भएन


0
Shares

-केदार कटुवाल/ईमेज

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका त्रियुगा नदीमा पक्की पुल निर्माण सुरु गरिएको वर्षौ वित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

सरकार उदासिनता र ठेकेदार पक्षको लापरबाहीका कारण पुल निर्माणले गति लिन नसकेको हो ।

२०७० आषाढ मसान्तसम्ममा सम्पन्न गर्ने गरी २०६७ जेष्ठमा कामको जिम्मा पाएको महालक्ष्मी लोकप्रिय कन्ट्रक्सन जेभिले ९ वर्ष वित्दा समेत ५० प्रतिशत काम गर्न सकेको छैन ।

९ करोड ७६ लाख लागतमा त्रियुगा पुल सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । पुलको १३ वटा पिल्लर मध्ये ९ वटा तयार भएको र केहीमा स्लाप ढलान समेत भएको छ ।

तीन पटकसम्म म्याद थपिएको र दुई पटक भेरियसन गरी मुल्य समायोजन भएको छ ।

२ पटक पेनाल्टी पाइसके पनि निर्माणमा तिब्रता नदेखाएको रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाका इन्जिनियर प्रविण चौधरीले बताए ।

७० प्रतिशत काम सम्पन्न भई करिब ६ करोड भन्दा बढी भुक्तानी भएको उनले जानकारी दिए ।