
गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ । सदरमुकाम सिमिकोटमा अत्यधिक चिसो बढेको छ ।
जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारी आगो बालेर बसिरहेका छन् । जाडो बढेपछि ती कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।
उत्तरीभेगका बासिन्दा उपभोग्य सामग्री र नागरिकता लिन सिमिकोट आउन सकेका छैनन् ।
हिमपातका कारण बाटो अवरुद्ध भएको डाँडाफायास्थित कर्णाली प्रस्तावित मावि चौगनफायाका शिक्षक रामराज शाहीले टेलिफोनमा बताए ।
हिमपातका कारण हिल्दुम साना जलविद्युत् आयोजना गत फागुन २१ गतेदेखि बन्द भएको छ ।
आयोजना बन्द भएपछि दियालो बाल्न बाध्य भएको स्थानीय बासिन्दा तुला सिंहले जानकारी दिए । टेलिफोन सेवासमेत एक हप्तादेखि अवरुद्ध छ । रासस
प्रतिक्रिया दिनुहोस्