६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय मागे


0
Shares

फोरम लोकतान्त्रिकले दाहाल सरकारमा सहभागी हुन उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालय मागेको हो ।

गच्छदार निकट सांसद डा. सुबोधराज पोखरेलले भौतिक र स्वास्थ्य मन्त्रालय दिनुपर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष माग गरिएको बताए ।

उनका अनुसार मन्त्रालयबारे अध्यक्ष गच्छदार, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भइरहेको छ । –नागरिक दैनिकबाट