२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मोटरसाइकललाई माइक्रोबसले ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु


0
Shares

                                                                                फाइल फोटो
दुर्घटनामा दुईजना घाइते भएका छन् ।

लु९प ४४८८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु१ज २२३० नम्बरको माइक्रोबसले सैनामैना–२ झारगैरामा ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय नारायण खनाल र उनकी ३२ वर्षीया श्रीमती कमलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही माइक्रोबसले एक साइकललाईसमेत ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

ठक्करबाट साइकलमा सवार स्थानीयवासी नरेश ठाकुर र उनकी छोरी पश्चिमा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार बाटो मोड्नेक्रममा माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारकाक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।

ठक्कर दिने माइक्रोबस प्रहरीको नियन्त्रणमा छ । रासस